
काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक तीन महिनापछि २६ सय विन्दु तल झरेको छ । यसअघि, ०८१ चैत १२ गते परिसूचक २,५८२ विन्दुसम्म झरेको थियो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार, आज परिसूचक ३२.९३ अंक घटेर २,५९५.९७ विन्दुमा बन्द भएको हो । चैत १२ गतेयता ५६ कारोबार दिनमा बजार २६ सय विन्दुभन्दा माथि थियो । बजार यस अवधिमा २,७२२ विन्दुसम्म पुगेर बन्द भएको थियो ।
आइतबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गत बिहीबारको तुलनामा कारोबार रकम दुई अर्ब आठ करोड रुपैयाँले घटेको नेप्सेले जनाएको छ । आज नौ अर्ब १४ करोड ५८ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
बिहीबार ११ अर्ब २३ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।
आज २३ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, २२५ कम्पनीको सेयरमूल्य घटेको छ । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले वृद्धि भएको छ । पियोर इनर्जी लिमिटेडेको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।
कारोबारमा आएका सबै समूहको परिसूचक घटेको छ । होटल तथा पर्यटन समूहको परिसूचक ३.१३ प्रतशितले घटेको छ । आज यस समूहको परिसूचक सर्वाधिक घटेको हो ।