देश

काठमाडौं । जाजरकोटको छेडागाड नगरपालिकास्थित चंखिला सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । आइतबार (असार ८) राति अविरल वर्षासँगै पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
छेडगाड–१ स्थित खाराखोला, वडा नम्बर–४ को लेवाखोला आसपास चंखिला सडकखण्डमा पहिरो खसेको छ । ठाउँठाउँमा ढुंगामाटोसहितको पहिरो खसेको प्रहरीले जनाएको छ ।
उक्त क्षेत्र नजिक पर्ने मध्यपहाडी लोकमार्गको बाटो सञ्चालन नभएकाले चंखेली सडकखण्ड भएर नै सवारीसाधन आवतजावत हुने गरेको थियो ।
प्रकाशित मिति: सोमबार, असार ९, २०८२ १०:५४
प्रतिक्रिया दिनुहोस्