site stats
बाह्रखरी :: Baahrakhari
विदेश
कतार र इराकमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा इरानको मिसाइल प्रहार

काठमाडौं । इरानले कतार र इराकमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा मिसाइल प्रहार गरेको छ । इरानको सरकारी सञ्चारमाध्यम तस्निमले कतार र इराकमा रहेका अमेरिकी सैन्य अड्डातर्फ क्षेप्यास्त्र प्रहार गरेको बताएको छ ।

यसअघि कतारमा विस्फोटको खबर आएको थियो । समाचार एजेन्सी रोयटर्स र एएफपीका रिपोर्टअनुसार कतारमा विस्फोटको आवाज सुनिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कतार र इराकमा रहेका अमेरिकी अड्डाहरूविरुद्ध इरानको क्षेप्यास्त्र आक्रमणको कोड–नाम 'ओ अबु अब्दुल्लाह' राखिएको छ, जसको अर्थ 'विजयको आशिर्वाद' हो ।

एक वरिष्ठ अमेरिकी अधिकारीले बीबीसीलाई बताएअनुसार ह्वाइट हाउस र रक्षा मन्त्रालयले कतारमा रहेको अमेरिकी हवाई अड्डाहरूमा रहेको खतरा बुझेका छन् र स्थितिमाथि नजर राखिरहेका छन् ।

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  २३:३५
प्रतिक्रिया दिनुहोस्