site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ग्लोबल आइएमई बैंकका ग्राहकलाई १५ प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंकका कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले आइएमई हस्पिटालिटी र इला होटेल एन्ड रिसोर्टमा १५ प्रतिशतसम्मको छुट पाउने भएका छन् । ग्लोबल आइएमई बैंक र आइएमई हस्पिटालिटी तथा इला कम्र्फोट एन्ड रिसोटबीच यससम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ ।

समझदारीमा बैंकका सहायक महाप्रबन्धक दिलीप पोखरेल र आइएमई हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत प्रसन्न अधिकारीले हस्ताक्षर गरेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

समझदारी अनुसार ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक एवं बैंकको मोबाइल बैंकिङ ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरूले आइएमई हस्पिटालिटीद्वारा संचालित होटेल तथा रिसोर्टहरूमा १५ प्रतिशत र मौलाकाली केबलकारको टिकटमा १० प्रतिशत छुट पाउनेछन् ।

आइएमई समूहको लगानीमा देशका विभिन्न स्थानमा पर्यटक तथा पाहुनाहरूलाई स्तरीय सेवा सुविधा प्रदान गर्न होटेल तथा रिसोर्टहरू संचालनमा छन् । 

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  १२:२३
प्रतिक्रिया दिनुहोस्