site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माओवादी र एकीकृत समाजवादीका नेताबीच छलफल
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का नेताहरूबीच छलफल भएको छ । सिंहदबारमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूबीच छलफल भएको हो ।

छलफलमा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङलगायत सहभागी थिए । एकीकृत समाजवादीबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाल, वरिष्ठ नेता बेदुराम भुसाललगायत थिए ।

संसद्का विभिन्न विषयमा दुई पार्टीबीच छलफल भएको पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  १५:४६
प्रतिक्रिया दिनुहोस्