अर्थ व्यवसाय

काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले एक बराबर एक (१:१) अनुपातमा हकप्रद निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई मंगलबार प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो ।
कुनै लगाीकर्तासँग १०० कित्ता सेयर छ भने उसले १०० कित्ताका लागि नै आवेदन दिन पाउनेछ । हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड छ ।
प्रकाशित मिति: मंगलबार, असार १०, २०८२ २०:५३
प्रतिक्रिया दिनुहोस्