देश

काठमाडौं । इजरायलमा रहेकामध्ये ९५० भन्दा बढी नेपालीले आफूहरूलाई उद्धार गरेर नेपाल फर्काउन नाम टिपाएका छन् । सरकारले इजरायलबाट फर्कन चाहने नेपालीलाई अनलाइनबाट नाम दर्ता गर्न आह्वान गरेको थियो ।
इजरायल र इरानबीच द्वन्द्व बढेपछि इजरायलबाट नेपाल फर्कन चाहने नेपालीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । सूचनापछि हालसम्म ९५० नेपालीले अनलाइनमार्फत नाम टिपाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मंगलबार दिउँसो, इरानमा रहेका १६ नेपालीमध्ये दुईजना मशहदबाट नयाँदिल्ली हुँदै नेपालतर्फ हिँडेका छन् । बाँकी १४ नेपालीलाई पनि उद्धारको प्रयास भइरहेको दूतावासले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, असार १०, २०८२ २०:०५
प्रतिक्रिया दिनुहोस्