site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इजरायलका लागि काम गरेको आरोपमा इरानमा ७०० जना पक्राउ

काठमाडौं । इजरायलका लागि काम गरेको आरोपमा इरानले ७०० जनालाई पक्राउ गरेको छ । उनीहरूलाई इरानले 'इजरायलका भाडाका सैनिक' भनेको छ ।

फार्स न्युज एजेन्सीका अनुसार, इजरायलसँगको १२ दिने युद्धका क्रममा इजरालयका लागि काम गरेको खुलेपछि उनीहरूलाई पक्राउ गरिएको हो ।

इजरायलको जासुसी एजेन्सी मोसादले जुन १३ मा इरानमाथि भएको हमलाका लागि इरानमा गोप्यरूपमा काम गर्ने कर्मचारीहरूको भूमिकालाई स्वीकार गरेको थियो । मोसादले इरानमा हमलाको तयारी गर्दा इरानमा पर्दा पछाडि बसेर काम गर्ने गोप्य एजेन्टहरूले भिडियो फुटेज पठाएर इरानभित्रबाट ड्रोन प्रक्षेपण गर्ने आधार स्थापना गरेको बताएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मोसादको विवरणपछि इरान सरकार र सुरक्षा संयन्त्रमा त्रास उत्पन्न भएको थियो ।

इरानले इजरायलको समर्थनमा अनलाइन लेख सेयर गरेको आरोपमा दर्जनौँलाई पक्राउ गरेको छ । उनीहरूमाथि 'समाजको मनोवैज्ञानिक सुरक्षालाई बाधा पुर्‍याएको' आरोप लगाइएको छ ।

द्वन्द्वको क्रममा इरानले इरानी सञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तामाथि निगरानी गर्न नयाँ इकाइ स्थापना गरेको थियो ।

समाचार संस्था फार्सका अनुसार, देशभरबाटै इजरायली एजेन्टहरूलाई पक्राउ गरिएको छ । कथित इजरायली जासुसको पक्राउको संख्याबारे इरानका अधिकारीहरूले अझै विवरण प्रकाशित नगरेको समाचारमा उल्लेख छ ।

अन्य इरानी सञ्चारमाध्यमले पनि द्वन्द्व सुरु भएयता धेरैजसो कथित इजरायली एजेन्टलाई मृत्युदण्ड भइसकेको बताएका छन् ।

सीएनएनबाट ।

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  १२:२४
प्रतिक्रिया दिनुहोस्