site stats
बाह्रखरी :: Baahrakhari
देश
एसईईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

भक्तपुर । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी भएको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईले एसइई परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीका साथ तीव्र गतिमा काम भइरहेको बताए ।

उत्तरपुस्तिका परीक्षण र संपरीक्षणको काम सकेर प्राप्तांक इन्ट्री गर्ने काम भइरहेको बताउँदै उनले भने, “हामीले असारको तेस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने गरी डेटलाइन तयार गरेका हौँ, कर्मचारी साथीहरूले डबल सिफ्टमा तीव्र गतिले काम गरिरहनुभएको छ । अहिले नम्बर इन्ट्री गर्ने र रुजु गर्ने काम भइरहेको छ । काम छिटो सकियो, प्रविधिले साथ दियो भने तेस्रो सातादेखि अगाडि तानेर एक साताभित्र नतिजा सार्वजनिक गर्न सकिन्छ, त्यसैका लागि दिनरात काम भइरहेको छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

असार ६ गतेभित्रमा नतिजा सार्वजनिक गर्नेगरी कार्यतालिका बने पनि गत २०८१ को चैत २० देखि २०८२ वैशाख १७ गतेसम्म शिक्षकले काठमाडौंमा गरेको सडक आन्दोलनका कारण नतिजा प्रकाशनमा ढिलाइ हुन पुगेको हो । 
    
गत २०८१ चैत ७ देखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए । रासस

 

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  २३:३५
प्रतिक्रिया दिनुहोस्