खेल

काठमाडौं । लागुऔषधको दुरुपयोगबारे सचेतना फैलाउन नेपाली खेलाडीलाई एकदिने प्रशिक्षण दिइएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र लागु पदार्थ तथा एड्सविरुद्ध नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा बुधबार एकदिने प्रशिक्षण दिइएको हो ।
नेपालमा असार १२ गते लागु औषधविरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ ।
लागुऔषध प्रयोगको रोकथामबारे अभियान चलाउने उद्देश्यले कार्यक्रम गरिएको एड्सविरुद्ध खेलकुद महासंघका अध्यक्ष ऋषिराज ओझाले जानकारी दिए ।
कार्यक्रममा करिब २०० जना सहभागी भएका थिए । राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका विभिन्न खेलका खेलाडी, प्रशिक्षक र खेल पदाधिकारीलाई एन्टिडोपिङबारे प्रशिक्षण दिइएको हो ।
प्रकाशित मिति: बिहीबार, असार १२, २०८२ १४:२३
प्रतिक्रिया दिनुहोस्