site stats
बाह्रखरी :: Baahrakhari
खेल
इन्टरले अन्तिम–१६ मा फ्लुमिनेन्ससँग खेल्ने

काठमाडौं । यूईएफए च्याम्पियन्स लिग उपविजेता इन्टर मिलानले फिफा क्लब विश्वकपको अन्तिम–१६ मा ब्राजिलियन क्लब फ्लुमिनेन्सविरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ । बिहीबार विश्वकपमा समूह चरणको अन्तिम खेलमा नौ खेलाडीमा समेटिएको अर्जेन्टिनी टोली रिभर प्लेटविरुद्ध २–० को जित निकालेसँगै इन्टरले फ्लुमिनेन्ससँगको भेट पक्का गरेको हो । 

मिलानलाई जित दिलाउन टोलीका फ्रान्केस्को पियो स्पोसिटो र अलेस्यान्ड्रो बास्टोनीले समान एक गोल गरे । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

खेलको ७२औँ मिनेटमा स्पोसिटोले टोलीलाई अग्रता दिलाएका थिए । इन्जुरी समयमा टोलीका बास्टोनीले दोस्रो गोल गर्दै जित सुनिश्चित गरे । 

त्यसअघि रिभर प्लेटका लुकाज मार्टिनेज क्वबर्टा र गोनझालो मोन्टाइलले रातो कार्ड दर्शन गरेपछि अर्जेन्टिनी क्लब नौ खेलाडीमा सीमित भएको थियो । खेलमा क्वार्टाले ६६औँ मिनेटमा र मोन्टाइलले इन्जुरी समयमा रातो कार्ड पाएका हुन्  । 

जितसँगै मिलानले समूह ‘ई’को विजेता बन्दै अन्तिम–१६ मा स्थान बनाएको हो । अन्तिम–१६ मा अब इन्टरले जुलाई १ मा फ्लुमिनेन्सविरुद्ध खेल्नेछ । यो खेल नेपाली समयानुसार राति १२ः४५ बजेदेखि सुरु हुनेछ ।

यो हारसँगै रिभर प्लेट भने प्रतियोगिताबाट बाहिरिएको छ । टोली समूह चरणमा समूह ‘ई’मा चार अंकमा सीमित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । 
 

प्रकाशित मिति: बिहीबार, असार १२, २०८२  १३:०२
प्रतिक्रिया दिनुहोस्