site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मुकुल ढकालको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश, दुवै पक्षलाई बोलाइयो
फाइल तस्बिर ।

काठमाडौं । आफू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री रहेको दाबी गर्दै मुकुल ढकालले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । बिहीबार न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो ।

ढकालले रास्वपाको महामन्त्रीको जिम्मेवारी सम्हाल्न पाउने गरी आदेश माग गरेका छन् । तर, सर्वोच्चले अन्तरिम आदेशबारे छलफलका लागि आगामी मंगलबार (असार १७ गते) दुवै पक्षलाई बोलाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ढकाललाई रास्वपाले गत वर्ष देशभर घुमेर बनाएको रिपोर्ट बुझाएपछि सार्वजनिक गरेर अनुशासन उल्लंघन गरेको भन्दै कारबाही गरेको थियो । कारबाहीविरुद्ध उनी निर्वाचन आयोगमा न्याय माग्न गएका थिए । उनलाई हटाएर नयाँ कार्यसमितिको कुनै जानकारी नरहेको भन्दै आयोगले पत्र दिएको थियो । त्यसपछि ढकालले महामन्त्रीको हैसियतमा बैठक बोलाउन रास्वपामा निवेदन दिएका थिए ।

तर, रास्वपाले निर्वाचन आयोगलाई गत वर्ष नै जानकारी गराएको भन्दै डा. मुकुललाई महामन्त्री स्वीकार नगर्ने संकेत दिएको थियो । त्यसपछि उनी सर्वोच्च पुगेका हुन् ।

ढकालले बुधबार (असार ११) रिट दायर गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, असार १२, २०८२  १४:४३
प्रतिक्रिया दिनुहोस्