site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
गुरुयोजना बनाएर रानीमहललाई पुरानै अवस्थामा संरक्षण गरिने

काठमाडौं । पाल्पाको रानीमहललाई पुरानै अवस्थामा फर्काएर संरक्षण गरिने भएको छ । उपप्रधान एवं अर्थमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, पाल्पाका जनप्रतिनिधि, पुरातत्त्व विभागका महानिर्देशक, त्यहाँका प्रमुख जिल्ला अधिकारी, इन्जिनियरलगायत अधिकारीको बैठकबाट गुरुयोजना बनाएर त्यससम्बन्धी काम अघि बढाउने निर्णय गरिएको हो ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रानीमहल दुर्लभमध्येको एउटा महत्त्वपूर्ण ठाउँ रहेको उल्लेख गरे । पुरानो शैली र आकारसँग सम्बन्धित सामग्री संकलन गरी अध्ययन गर्न, गुरुयोजना बनाउन र सोहीअनुसार कार्यान्वयन विधि तयार पार्न उनले पुरातत्त्व विभागलाई निर्देशन दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले ऐतिहासिक र पुरातात्त्विक महत्त्वलाई विशेष ध्यान दिएर नदी तथा पहिरो व्यवस्थापन र निर्माणका अरू कार्य अघि बढाउन जोड दिए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले दीर्घकालीन व्यवस्थित योजनाका साथ रानीमहल र वरपरका क्षेत्रलाई संरक्षण गर्नुपर्ने बताए । सांसद ठाकुर गैरेले कालीगण्डकी नदीले रानीमहलको जग कटान गर्नबाट जोगाउन विशेष ध्यान दिनुपर्ने औँल्याए ।

सांसद नारायण आचार्यले रानीमहललाई व्यवस्थिगत गर्न संघ, प्रदेश र स्थानीय तहबीच समन्वय जरुरी रहेको बताए । प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले रानीमहलको संरक्षणका निम्ति सबै क्षेत्रसँग समन्वय गरेर अघि बढ्ने सुनाए ।

राणाकालीन समयमा खड्गशमशेरले रानी तेजकुमारी देवीको स्मृतिमा रानीमहल निर्माण गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, असार १२, २०८२  १५:१५
प्रतिक्रिया दिनुहोस्