site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
चारवटा संसदीय समितिको बैठक बस्दै, के छ कार्यसूची ?
विधायन व्यवस्थापन समितिको बैठकको फाइल तस्बिर ।

काठमाडौं । संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ । 

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ । बैठक बिहान साढे ११ बजे बस्नेछ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची छ । बैठक बिहान ९ बजे बस्नेछ । 

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यमा उल्लेखित कालिगण्डकी तिनाउ नदी पथान्तरण आयोजनाको अवस्था सम्बन्धमा छलफल हुनेछ ।

बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको छ । 

संसदीय सुनुवाइ समिति (संयुक्त), २०८० समितिको बैठक बस्दै छ । बैठकमा उजुरीकर्तासँग छलफल गर्ने कार्यसूची छ । बैठक बिहान ११ बजे बस्नेछ । 

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  ०५:४७
प्रतिक्रिया दिनुहोस्