site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भिजिट भिसा प्रकरणबारे रास्वपाको ‘विशेष’ छलफल
फाइल तस्बिर ।

काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलमा भिजिट भिसा प्रकरणका विषयमा छलफल गरिने भएको छ । शनिबार (असार १४) बिहान ९ बजे दलको बैठक आह्वान गरिएको छ ।

त्यसबारे संसदीय दलको ‘विशेष’ छलफल रहेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए । “भोलि बिहान ९ बजे, भिजिट भिसाकाण्डसँग सम्बन्धित पछिल्ला विकसित घटनाहरूका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको विशेष छलफल रहेको छ,” उनले जारी गरेको सूचनामा उल्लेख छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा छलफल गर्न लागिएको उनले जानकारी दिए ।

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग/समिति र गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपाले संसद् बैठकमा विरोध गरिरहेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  ०९:५३
प्रतिक्रिया दिनुहोस्