site stats
बाह्रखरी :: Baahrakhari
देश
विषालु च्याउ खाँदा एकै परिवारका तीनजना बिरामी

गुल्मी । विषालु च्याउ खाँदा एकै परिवारका तीनजना बिरामी परेका छन् ।

बिरामी पर्नेहरुमा मुसिकोट नगरपालिका–४ दिगामचौरका ६८ वर्षीया फूलमाया कुमाल, ७६ वर्षीय थम्मनबहादुर कुमाल र ३६ वर्षीया गीता कुमाल रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बिहीबार जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएपछि गएराति नै उनीहरुलाई टाउको दुख्ने, रिंगटा लाग्ने र बान्ता हुनेजस्ता लक्षण देखिएको थियो । बिरामी भएका तीनै जनालाई गएराति उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको छ । 

उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  ०७:४६
प्रतिक्रिया दिनुहोस्