
काठमाडौं । एलजी नेपालले आफ्नो विश्वव्यापी नवप्रवर्तनको अभियान “अफेक्सनेट इन्टेलिजेन्स”बारे नेपालमा विशेष प्रदर्शनी गरेको छ । कम्पनीले ललितपुरको द प्लाजामा आजदेखि उक्त प्रदर्शन सुरु गरेको हो । यो कार्यक्रम शनिबार (भोलिसम्म) चल्नेछ ।
आज डिलरहरूका लागि र भोलि सर्वसाधारणका लागि आयोजना हुनेछ ।
यो अभियान सिंगापुर र मलेसियामा सफलतापूर्वक सम्पन्न भइसकेको कम्पनीले उल्लेख गरेको छ । यसले भावनात्मक रूपमा मानिसलाई बुझ्ने र ख्याल गर्ने नयाँ युगको एआईको सुरुवातलाई दर्शाउने कम्पनीको भनाइ छ ।
कार्यक्रममा सहभागीहरूले एलजीको नयाँ पुस्ताको एआई इन्नोभेसन्स प्रत्यक्ष रूपमा अनुभव गर्न पाउनेछन् ।
यो अभियान केवल प्रडक्टको प्रदर्शन मात्र नभई प्रविधि र मानवबीचको सम्बन्धमा क्रान्तिकारी परिवर्तन ल्याउने एलजीको दृष्टिकोण रहेको कम्पनीको दाबी छ । एलजी र चौधरी ग्रुपको साझेदारीमा यो कार्यक्रम आयोजना गर्न गरिएको हो ।