site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मधेसमा कांग्रेसको प्रशिक्षक प्रशिक्षण सुरु

काठमाडौं । नेपाली कांग्रेसको मधेस प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण सुरु भएको छ । वीरगंजको टाउन हलमा आजदेखि सुरु भएको प्रशिक्षक प्रशिक्षण दुई दिनसम्म चल्नेछ । 

नेपाली कांग्रेसको केन्द्रीय अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गरेको कार्यक्रममा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले प्रशिक्षकहरूले कांग्रेसका विषयमा छरिएका भ्रम चिर्ने बताए । उनले कांग्रेस के हो भनेर आम कार्यकर्तासँग जनतालाई बुझाउने जिम्मेवारी रहेको बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

खड्काले नेपाली कांग्रेसले अहिलेसम्म भएका परिवर्तनको नेतृत्व गरेको भन्दै समावेसीता कम्युनिष्टले ल्याएको भ्रमबाट पनि मुक्त रहन प्रशिक्षक प्रशिक्षणका सहभागिहरूलाई आग्रह गरे । 

“कांग्रेसका सभापति सुशील कोइरालाको नेतृत्वमा नेपालको संविधान जारी भएको हो । ०६२/६३को आन्दोलन कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको थियो,” खड्काले भने, “समावेसिता कम्युनिष्टहरूको मुद्दा हो भ्रम छरिएको छ । त्यो भ्रम तपाईंहरूले चिर्न सक्नुपर्छ ।” 

खड्काले कांग्रेसले अहिलेसम्म लिएका नीतिकै कारण देश यहाँसम्म आएको भन्दै कांग्रेसको अर्थनीतिविरुद्ध प्रचार गर्नेहरू सबै त्यही नीतिमा आइपुगेको बताए । 

प्रशिक्षक प्रशिक्षणमा २५० जना सहभागि रहेको प्रतिष्ठानका सदस्य विश्वदिप लामिछानेले जानकारी दिए । 
 

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  १४:१७
प्रतिक्रिया दिनुहोस्