site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इरानी बम आक्रमणलाई ट्रम्पले जापानमा खसालिएको परमाणु बमसँग तुलना गरेपछि...

काठमाडौं । जापानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको आक्रमणलाई द्वितीय विश्वयुद्ध समाप्त गर्ने हिरोसिमा र नागासाकीको बम विस्फोटसँग तुलना गरेकोमा निन्दा गरेको छ ।

“त्यो आक्रमणले युद्ध समाप्त गरेको थियो,” ट्रम्पले बुधबार पत्रकारहरूलाई भने, “म हिरोसिमा वा नागासाकीको उदाहरण दिन चाहन्नँ तर यो मूलत त्यस्तै थियो ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सन् १९४५ को अगस्टमा अमेरिकाले जापानको दक्षिणी सहरहरूमा परमाणु बम खसाल्दा करिब एक लाख ४० हजार मानिसको मृत्यु भएको थियो । बाँचेकाहरू आजसम्म मनोवैज्ञानिक आघात र क्यान्सरको उच्च जोखिमसँग संघर्ष गरिरहेका छन् ।

“यदि, ट्रम्पको भनाइले परमाणु बम खसाल्नु जायज ठहराउँछ भने यो हाम्रो लागि जुन सहरमा बम खसालिएको थियो, अत्यन्त दुखद् छ,” नागासाकीका मेयर शिरो सुजुकीले भने ।

ट्रम्पको भनाइ स्वीकार्न नसकिने नोबेल शान्ति पुरस्कार विजेता वकालत समूह निहोन हिडान्क्योका सहअध्यक्ष मिमाकी तोशियुकीले बताए । 

“म साँच्चै निराश छु । मसँग केवल रिस मात्र छ,” समूहकी अर्की सदस्य टेरुको योकोयामाले समाचार समिति क्योदोसँग भनेकी छन् । 

परमाणु बम आक्रमणबाट बाँचेकाहरूले बिहीबार हिरोसिमामा ट्रम्पको भनाइ फिर्ता लिन माग गर्दै विरोध प्रदर्शन गरे ।

हिरोसिमाका सांसदहरूले पनि बिहीबार परमाणु बमको प्रयोगलाई जायज ठहराउने भनाइहरूको खण्डन गर्दै एक प्रस्ताव पारित गरेका छन् । उनीहरूले सशस्त्र द्वन्द्वहरूलाई शान्तिपूर्ण रूपमा समाधान गर्न आह्वान गरे । बीबीसी
 

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  १४:३०
प्रतिक्रिया दिनुहोस्