site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
प्रविधि र नवप्रर्वतन क्षेत्रमा सहकार्य गर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा चीनको ग्वाङ्दोङ प्रान्तीय युनाइटेड फ्रन्ट वर्क डिपार्टमेन्टका मन्त्री वाङ सीबीच शुक्रबार भेटवार्ता भएको छ । चीनको ग्वाङ्दोङ प्रान्तीय पार्टी समितिका स्थायी समिति सदस्यसमेत रहेका सीसँग महासंघ सचिवालय टेकुमा भेटवार्ता भएको हो । 

भेटका अवसरमा दुवै देशको आर्थिक तथा कूटनतिक सम्बन्ध, व्यापार लगानी तथा सहकार्यका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा महासंघका अध्यक्ष ढकालले नेपाल र चीनबीच लामो र विश्वासिलो सम्बन्ध रहेको चर्चा गर्दै प्रविधि र नवप्रर्वतनका क्षेत्रमा सहकार्य गर्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पर्यटन, पूर्वाधार, ऊर्जालगायत क्षेत्रमा चीनको सहयोगले नेपालको विकासमा महत्त्वपूर्ण टेवा पुगेको उल्लेख गर्दै अध्यक्ष ढकालले व्यापार तथा लगानीका क्षेत्रमा नेपाल र ग्वाङ्दोङबीच सहकार्यका प्रशस्त सम्भावना रहेको बताए । 

उनले भने, “ग्वाङ्दोङसँग व्यापार तथा लगानीको सम्भावना साथै विज्ञान र प्रविधिको क्षेत्रमा भएको अनुभव र अहिले अन्तर्राष्ट्रिय तथा आन्तरिक साझेदारीहरू निर्माणमा देखाइएको सक्रियताले नेपाल र गुआङ्दोङबीच नयाँ सहकार्यका ढोका खोल्नेछ ।”

 

 

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  २३:०४
प्रतिक्रिया दिनुहोस्