
काठमाडौं । दक्षिण कोरियाली अटोमोबाइल कम्पनी ‘किया’को अधिकृत विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रा.लि.ले विराटनगरमा सोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले नयाँ ‘किया सीआई २.०’ मापदण्डअनुसार अपडेटेड सोरुम खोलेको हो ।
कार्यक्रममा कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजबाट प्रमुख सदस्यहरू उपस्थित थिए । “नेपालको पूर्वी क्षेत्रमा कियाको उपस्थिति र पकड विस्तार बढाउन विराटनगरमा सोरुम पूर्ण–सञ्चालनमा ल्याउन आवश्यक परेको” मन्जीतकुमार पोख्रेलले जनाए ।
कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रा.लि.को सञ्चालनअन्तर्गत यो नयाँ सोरुममा विश्वविख्यात दक्षिण कोरियाली अटो ब्रान्ड कियाका नेपालमा उपलब्ध सबै भेरियन्टका इन्धन र विद्युतीय सवारीसाधन उपलब्ध हुनेछन् ।
सोरुम सुरु गरेको उपलक्ष्यमा कम्पनीले तीनदिने फ्ल्यास एक्सचेन्ज क्याम्प पनि आयोजना गर्न लागेको छ । असार १४ देखि १६ सम्म (जुन २८ देखि ३० सम्म) चल्ने ‘किया फ्लाश एक्सचेन्ज क्याम्प’ मा जुनसुकै पुराना गाडीसँग कियाका नयाँ गाडी साट्न सकिनेछ । सो अवसरमा एक्सचेन्जका लागि ल्याइने पुराना गाडीलाई आकर्षक मूल्य प्रदान गरिने कम्पनीले जनाएको छ । यो अफर एक्सचेन्ज क्याम्प अवधिमा बुकिङ हुने सवारीसाधनमा लागु हुनेछ ।