site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्पले भने– मैले खामेनीलाई अपमानजनक मृत्युबाट बचाएँ

काठमाडौं । इजरायलसँगको द्वन्द्वमा इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीले इरानको जित भएको दाबी गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यसलाई मुर्खतापूर्ण र झुटो अभिव्यक्ति भनेका छन् ।

राष्ट्रपति ट्रम्पले सामाजिक संजाल ट्रुथ सोसलमा पोष्ट गर्दै लेखेका छन्, “आयतुल्लाह अली खामेनीले उनले इजरायलसँगको युद्ध जितेको भन्दै किन मुर्खतापूर्ण अभिव्यक्ति दिए ? उनलाई के थाहा छ भने उनको भनाइ झुटो हो र उनले झुट बोल्नु हुँदैनथ्यो ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ट्रम्पले इरान ध्वस्त भएको बताएका छन् । इरानका तीनवटा आणविक केन्द्रहरू नष्ट भएको बताएका छन् । 

“उनी कहाँ लुकेका छन् भन्ने मलाई थाहा थियो । म इजरायल वा अमेरिकी सैन्य बललाई उनको हत्या गर्न दिन्नँ । मैले उनलाई अत्यन्त अपमानजनक मृत्युबाट बचाएँ,” ट्रम्पले भनेका छन्, “उनले धन्यवाद, राष्ट्रपति ट्रम्प भन्नु परेन ।”
ट्रम्पले इरानमाथिको प्रतिबन्ध हटाउने सम्भावनामा काम गरिरहेको बताइएको थियो । तर, इरानबाट आएका पछिल्ला भनाइहरूका कारण उनले त्यसमा पुनर्विचार गरिरहेका छन् ।

इरानका विदेश मन्त्री सैयद अब्बास अरागचीले राष्ट्रपति ट्रम्पको भनाइमा प्रतिक्रिया दिएका छन् । उनले अमेरिकाले साँच्चै इरानसँग कुनै सम्झौता चाहेको भए राष्ट्रपति ट्रम्पले इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीप्रति अपमानजनक अभिव्यक्ति बन्द गर्नुपर्ने बताए । 

“राष्ट्रको रूपमा हाम्रो मूल मान्यता धेरै सरल र स्पष्ट छ । हामी हाम्रो मूल्य मान्यताबारे जानकार छौँ । हामी हाम्रो स्वतन्त्रतालाई महत्व दिन्छौँ,” उनले सामाजिक संजाल एक्समा पोष्ट गर्दै भने, “कहिल्यै अरूलाई हाम्रो भाग्य निर्धारण गर्न अनुमति दिँदैनौँ ।”

बिहीबार इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीले आफ्नो भाषणमा इरानका आणविक लक्ष्यहरूमाथि आक्रमण गरेर अमेरिकाले केही गर्न नसकेको बताएका थिए ।


 

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  ०९:१८
प्रतिक्रिया दिनुहोस्