site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बस्दै नबसी सर्‍यो वाग्मती प्रदेशसभाको बैठक

काठमाडौं । वाग्मती प्रदेशसभाको बैठक बस्दै नबसी सरेको छ । सोमबार आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफलका लागि प्रदेशसभा बैठक बोलाइएको थियो । 

सोमबार दिउँसो ४ बजे बस्ने भनिएको बैठक अबेरसम्म पनि बस्न नसकेपछि विशेष कारण देखाउँदै सूचना टाँसेर बैठक बस्ने समय परिवर्तन गरिएको हो । अब यही असार १९ गते बिहान ११ बजे बैठक बस्ने प्रदेशसभा सचिव रामकुमार पौडेलले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गत असार १ गते प्रदेशसभाको बैठकमा प्रस्तुत आव २०८२/०८३ को बजेट निष्पक्ष र पारदर्शी नभएको, व्यक्तिमुखी भएको भनि सत्तापक्ष दलका केही सदस्य र प्रतिपक्ष दलका सदस्यको प्रतिरोध गरिहेका छन् ।  

514069712_1358644679159061_6849235629319655681_n-1751299000.jpg
 

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  २२:३३
प्रतिक्रिया दिनुहोस्