site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विश्वव्यापी आर्थिक र वित्तीय प्रणालीमा निष्पक्षताका लागि प्रधानमन्त्रीको आह्वान
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सेभिया (स्पेन) । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गरेका छन् । सम्बोधन गर्दै विश्वव्यापी आर्थिक तथा वित्तीय प्रणालीमा न्याय र निष्पक्षताका लागि आह्वान गरेका छन् ।

स्पेनको सेभिया (सेभिल्ला)मा जारी सम्मेलनमा प्रधानमन्त्री ओलीले अल्पविकसित देशहरूको समूहका तर्फबाट आवाज प्रस्तुत गर्दै धनी र विकसित मुलुकले आफूले विश्वकासामु गरेका प्रतिबद्धता प्रभावकारी कार्यान्वयनका लागि जोड दिए । यस सम्मेलनले अनुमोदन गर्ने संकल्पले दिगो विकासका लागि सन् २०३० को एजेन्डा प्राप्तिका लागि नवीकरण गरिएको विश्वव्यापी वित्तपोषण ढाँचाको प्रतिज्ञा रहेको उनको भनाइ छ । 

“विकासशील देशहरू तथा विशेषगरी अल्पविकसित देशहरूले यसको पूर्ण कार्यान्वयनका लागि सद्भाव र उच्च मनोबलका साथ जोडदार रूपमा आग्रह गर्छन् । यस सन्दर्भमा, हामी विश्वव्यापी आर्थिक र वित्तीय प्रणालीमा न्याय र निष्पक्षताका लागि आह्वान गर्दछौँ,” प्रधानमन्त्री ओलीले भने, “हामी विश्वव्यापी वित्तीय संरचनाको सुधारका पक्षमा छौँ । हामी हाम्रा विकास साझेदारलाई विकासशील देशलाई शून्य दशमलव सात प्रतिशत आधिकारिक विकास सहायता (ओडिए) प्रतिबद्धता प्रदान गर्न र अल्पविकसित देशका लागि शून्य दशमलव दुई प्रतिशतभन्दा बढी पूरा गर्न आग्रह गर्दछौँ ।”

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  २३:५०
प्रतिक्रिया दिनुहोस्