
काठमाडौं । कलाकार र मरिचमान श्रेष्ठ (बल्छी धुर्वे)ले चलचित्र ‘गोबर गणेश’ निर्माणको घोषणा गरेका छन् । ‘गोबर गणेश’लाई मरिचमानले निर्देशन गर्नेछन् ।
चलचित्र माघ १ गते रिलिज हुनेछ । मरिचमानको यो डेब्यु निर्देशन हुनेछ ।
चलचित्रको मुख्य अभिनेत्रीमा वर्षा सिवाकोटी छिन् । यस्तै अन्य कलाकारमा पदम तामाङ, सन्तोष बानिया, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना र पुजन घिमिरे (पुकु)लगायत छन् ।
टौवा स्टुडियोको पब्लिसिटी डिजाइन रहने चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ । नेपालमा यो चलचित्रको वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ ।
‘मेरी बास्सै’बाट दर्शकमाझ लोकप्रिय बनेका उनी पछि आफैँ टेलिचलचित्र निर्देशनमा आएका थिए । उनका टेलिचलचित्र ‘हल्का रमाइलो’ र ‘जुठे’ हुन् । मरिचमान सिताराम कट्टेल र केदार घिमिरेलाई आफ्नो गुरु मान्छन् ।