site stats
बाह्रखरी :: Baahrakhari
खेल
एसियाडमा ओलम्पिक कमिटीबाट ३० र मन्त्रालयबाट ३१ खेल दर्ता !

काठमाडौं । आगामी वर्ष जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुद (एसियाड)मा नेपाल ओलम्पिक कमिटी (एनओसी) र युवा तथा खेलकुद मन्त्रालयले फरक–फरक रूपमा खेल दर्ता गराएका छन् । एनओसीले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै कुल ३० खेललाई २०औँ एसियाली खेलकुदमा दर्ता गरिएको जनाएको हो ।

एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले २०औँ एसियाली खेलकुदका लागि सहभागिता जनाउन चाहेको खेलको संख्या र नाम दर्ता गराउने समयसीमा सोमबार सकिएको बताए । त्यसअघिसम्म युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्लाई पटक–पटक पत्राचार गरे पनि बेवास्ता गरेको उल्लेख गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एनओसीले ओसीए तथा स्थानीय आयोजकले तोकेअनुसारको समयसीमाभित्र दर्ता गराएका ३० खेलको सूचीमा एथ्लेटिक्स, आर्चरी, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, ब्रेकिङ एन्ड डान्स स्पोर्ट्स, बेसबल तथा सफ्टबल, र्‍याफ्टिङ तथा कनोइङ, कुराँश, क्रिकेट, साइक्लिङ, इ स्पोर्टस, गल्फ, हक्की, जुडो, कबड्डी, कराँते, मोडर्न पेन्ट्राथलन, रग्बी, स्केटबोर्ड तथा स्केटिङ, स्पोर्ट क्लाइम्बिङ, स्क्वास, सफ्ट टेनिस, पौडी, टेनिस, टेबल टेनिस, भलिबल, भारोत्तोलन, कुस्ती र उसु छन् । 

निर्वाचनसम्बन्धी विवादलाई लिएर सरकारले एनओसीलाई अवैधानिक भन्दै आएको छ । सरकारले एनओसी मुख्यालयमा ताल्चा मार्नुका साथै एनओसी पदाधिकारीहरूलाई विदेश भ्रमणमा समेत रोक लगाएको छ ।

यता, ओलम्पिक कमिटीले पत्रकार सम्मेलनमार्फत एसियाडमा सहभागिता जनाउने खेल संख्या सार्वजनिक गरेलगत्तै युवा तथा खेलकुद मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ३१ खेल दर्ता गरिसकेको जनाएको हो । 

मन्त्रालयले सरकारबाट अवैध घोषणा भइसकेको ओलम्पिक कमिटीले लेटरप्याड र छापको दुरुपयोग गरेको समेत बताएको छ ।

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  १७:५०
प्रतिक्रिया दिनुहोस्