site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकाको चामल नकिनेको भन्दै जापानमाथि ट्यारिफ लगाउने ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी चामल नकिनेको भन्दै जापानबाट अमेरिका निर्यात हुने सामानमा उच्च कर (ट्यारिफ) लगाउने धम्की दिएका छन् ।

“उनीहरूसँग चामलको ठूलो अभाव छ । तर, पनि उनीहरू हाम्रो चामल किन्दैनन् । तर, यसबारेमा हामी उनीहरूलाई पत्र पठाउँछौँ र हामी उनीहरूलाई धेरै वर्षसम्म व्यापारिक साझेदारको रूपमा राख्न चाहन्छौँ,” ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै लेखेको सीएनएनले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तर, जापानले अमेरिकाबाट चामल खरिद नगरेको ट्रम्पको दाबी झुटो हो । अमेरिकी जनगणना ब्युरोको व्यापार डेटा अनुसार, गत वर्ष जापानले अमेरिकाबाट २९८ मिलियन डलरको चामल किनेको थियो । यस वर्षको जनवरी र अप्रिलको बीचमा जापानले ११४ मिलियन डलरको चामल किनेको छ ।

यद्यपि, दुई देशबीचको अहिले चलिरहेको व्यापार वार्तामा संलग्न जापानी अधिकारीहरूले भविष्यमा अमेरिकाबाट चामल किन्न रोक्ने भनेका हो वा होइन भन्ने स्पष्ट छैन । 

मंगलबार जापानी मुख्य क्याबिनेट सचिव योशिमासा हायाशीले दुई पक्षबीच व्यापार वार्ता जारी रहेको र जापानी सरकार ट्रम्पको दाबीप्रति सचेत रहेको बताए । यद्यपि, उनले ट्रम्पको अभिव्यक्तिबारे टिप्पणी गर्न अस्वीकार गरे ।

“हामी अमेरिकासँगको छलफलको विवरण अहिले बाहिर ल्याउँदैनौँ । जापानले दुवै देशलाई फाइदा हुने सम्झौता गर्ने उद्देश्यले इमानदार र निष्कपट छलफललाई जोडदाररूपमा अगाडि बढाउनेछ,” उनले भने ।

पूर्वराष्ट्रपति जो बाइडेनको कार्यकालमा अमेरिका व्यापार प्रतिनिधिको कार्यालयले प्रकाशित गरेको २०२१ को प्रतिवेदनमा जापानको अत्यधिक नियमन र अपारदर्शी आयात र वितरण प्रणालीले अमेरिकी निर्यातकर्तालाई जापानका उपभोक्तासम्म पहुँच प्राप्त गर्न सीमित गरेको भनिएको थियो ।

सीएनएनबाट ।

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  १७:५५
प्रतिक्रिया दिनुहोस्