site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
काठमाडौं उपत्यकाभित्र उद्धारका लागि निःशुल्क हेलिकोप्टर परिचालन गरिने

काठमाडौं । विपद्‌मा परेका व्यक्तिहरूको खोज तथा उद्धारका लागि तत्काल हेलिकोप्टर प्रयोग गर्नेसम्बन्धी गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघ नेपालबीच मंगलबार समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

गृहमन्त्री रमेश लेखकको रहोवरमा गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र वायुसेवा सञ्चालक संघ वीच हवाई उद्धारका लागि सम्झौता भएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

समझदारीमा संघले काठमाडौं उपत्यकाभित्र विपद्को समयमा खोज तथा उद्धारका लागि हेलिकोप्टर परिचालन गर्नु परेमा निःशुल्क रूपमा हेलिकोप्टर परिचालन गर्ने/गराउने व्यवस्था मिलाउने भएको छ ।

त्यसैगरी विपद्को समयमा नागरिकहरूको जिउधनको सुरक्षा गर्न तत्काल खोज तथा उद्धार गर्नुपर्ने अवस्थामा निजि हेलिकोप्टर कम्पनीलाई सामाजिक उत्तरदायित्व बहन गराउँदै परिचालन गरिनेछ । वायुसेवा सञ्चालक संघले विपद्को समयमा खोज तथा उद्धार गर्ने, गराउने कार्यका लागि दैनिक रूपमा पालो तोकी निजी हेलिकोप्टर सेवा प्रदायकलाई तोक्ने जनाएको छ । त्यस्तै, हेलिकोप्टर कम्पनी र सम्पर्क गर्ने व्यक्तिको विवरण नियमित रूपमा अद्यावधिक गरी सोको जानकारी गृह मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई समझदारी बनेको गृहमन्त्रालयले जनाएको छ ।

त्यसैगरी दैनिक पालो तोकिएका र तयारी अवस्थामा राखिएका निजी हेलिकोप्टर सेवा प्रदायकले गृह मन्त्रालयको लिखित तथा मौखिक अनुरोधमा तत्काल विपद्ग्रस्त क्षेत्रमा हवाई उडान गरी खोज तथा उद्धार गर्नुपर्नेछ । गृह मन्त्रालयमार्फत उद्धार उडानको लागि आवश्यक समन्वय र सहजीकरणका लागि नागरिक उड्डययन प्राधिकरणलाई समेत जानकारी गराउनेछ ।

 

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  १९:२६
प्रतिक्रिया दिनुहोस्