site stats
बाह्रखरी :: Baahrakhari
देश
संखुवासभामा सबैभन्दा धेरै वर्षा, २४ घण्टामा कति पानी पर्‍यो ?
फाइल तस्बिर ।

काठमाडौं । देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा संखुवासभामा भएको छ । देशभर रहेका वर्षामापन केन्द्रको विवरणअनुसार सबैभन्दा धेरै वर्षा संखुवासभामा भएको हो । 

संखुवासभामा १०२.२ मिलिमिटर परेको छ । अहिले पनि सातै प्रदेशका विभिन्न जिल्लाहरूमा पानी परिरहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विभागले बुधबार (असार १८) जारी गरेको सूचनामा भनिएको छ, "गएको २४ घण्टामा सबैभन्दा धेरै पानी संखुवासभामा (१०२.२ मिलिमिटर) परेको छ । अहिले पनि सातै प्रदेशका विभिन्न जिल्लाहरूमा पानी परिरहेको छ । आवश्यक सतर्कता अपनाउनु होला ।"

 

 

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  १७:२५
प्रतिक्रिया दिनुहोस्