site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
न्यायाधीश भट्टको इजलासमा दिलभूषण पाठकको बयान सुरु
दिलभूषण पाठक । फाइल तस्बिर ।

काठमाडौं । काठमाडौं जिल्ला अदालतमा बिहीबार (असार १९) पत्रकार दिलभूषण पाठकको बयान थालिएको छ । न्यायाधीश खेमराज भट्टको इजलासमा बयान सुरु गरिएको हो ।

बयानपछि त्यही इजलासमा आजै पाठकको थुनछेक बहस हुनेछ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पाठकविरुद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ को (१) बमोजिम सजाय मागदाबी गर्दै सोमबार (असार १६) मुद्दा दायर गरेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उक्त दफाअनुसार एक लाख रुपैयाँसम्म जरिवाना, पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । गएको जेठ २८ गते पत्रकार पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो ।

पाठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरले हिल्टन होटेल खरिद गर्न लागेको भिडियो सामग्री प्रसारण गरेका थिए ।  युट्युबाट सार्वजनिक उक्त भिडियो आधारहीन रहेको दाबीसहित जयवीरले उजुरी दिएपछि नेपाल प्रहरीको साइबर ब्युरोले अदालतबाट पक्राउ पुर्जी लिएको थियो ।

तर, असार ५ गते उच्च अदालत पाटनले पत्रकार पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो । त्यही कारण पाठकलाई पक्राउ नगरी मुद्दा दायर गरिएको हो ।

उनी बिहान बिहान ९ बजे नै काठमाडौं अदालतमा उपस्थित भएका थिए ।

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  ११:१४
प्रतिक्रिया दिनुहोस्