site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भिजिट भिसा प्रकरण : रास्वपाको अडान कायमै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म सदनमा प्रतिरोध कायमै राख्ने निर्णय गरेको छ । बिहीबार पार्टी कार्यालय वनस्थलीमा बसेको पार्टी सचिवालय बैठकले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन र गृहमन्त्रीको राजीनामा आउनुपर्ने विषयमा अडान कायमै राख्दै सदनमा निरन्तर प्रतिरोध गर्ने निर्णय गरेको महामन्त्रीमा कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।

त्यस्तै, राज्यव्यवस्था समितिबाट पारित भएको निजामती विधेयक, प्रतिनिधिसभाबाट पारित हुँदा कुलिङ अफ पिरियडको व्यवस्थामा भएको बदमासीपूर्ण हेरफेर संविधानले व्यवस्था गरेको संसद्को सार्वभौममाथि प्रहार भएको बैठकको ठहर रहेको उनले बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बैठकले कानुन बनाउने विधायकी स्वतन्त्रतामाथि आँच आउने गरी भएको बदमासीपूर्ण छलछामको गतिविधिलाई अन्देखा नगरी यस कार्यमा संलग्नमाथि छानबिन गरी दोषीमाथि कारबाही गर्न संसदीय छानबिन समिति बनाउन माग गरेको महामन्त्री बुर्लाकोटीले जानकारी दिए ।

त्यस्तै, बैठकले रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचन रास्वपाका तर्फबाट योग्य उमेदवार छनोट गर्नका लागि सचिवालय बैठकमा पेस भएको उमेदवार छनोट विधिमा छलफल भएको र सुझावलाई समेत समेटेर आइतबार बस्ने सचिवालय बैठकले उमेदवार छनोट विधिलाई पारित गर्ने बुर्लाकोटीले बताए ।

 

 

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  १८:५०
प्रतिक्रिया दिनुहोस्