site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
'कुलिङ पिरियड'मा मुछिएका सचिव भन्छन्– मैले जिम्मेवारी छाडिसकेँ

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिका सचिव सुरजकुमार दुराले आफूले जिम्मेवारी छाडेको बताएका छन् ।

निजामती विधेयकको 'कुलिङ पिरियड'मा भएको चलखेलमा संलग्न रहेको आरोप लागेपछि दुराले समितिको सचिव पदमा नरहने बताएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

"मैले हिजो नै अब समितिको जिम्मेवारीमा आउदिनँ भनेको छु," उनले बाह्रखरीसित भने ।

संसद् सचिवालयको सचिव बनेपछि पनि उनले समिति सचिवको जिम्मेवारी पाएका थिए ।

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  १३:५२
प्रतिक्रिया दिनुहोस्