
काठमाडौं । सांग्रिला मोटर्स प्रालिले आफ्नो ह्याचब्याकको दाममा एसयूभी अभियानअन्तर्गत मूल्य घटाएको घोषणा गरेको छ । पहिले ३६ लाख ५० हजार रुपैयाँमा पाइने सिट्रोन सी३ पेट्रोल कम्प्याक्ट एसयूभी अब २९ लाख ९९ हजार रुपैयाँमै उपलब्ध हुने बताइएको छ ।
'ह्याचब्याकको दाममा एसयूभी' अफरअन्तर्गत ग्राहकहरूले गाडीको नि:शुल्क बिमा पनि प्राप्त गर्नेछन् । भारतमा निर्मित सिट्रोन सी३ पेट्रोलमा १० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, इलेक्ट्रिक्ली एड्जस्टेबल ओआरभीएमएस र शक्तिशाली १२०० सीसी इन्जिनजस्ता प्रिमियम फिचरहरू रहेका छन् । यसलाई कम्प्याक्ट एसयूभी सेगमेन्टमा सबैभन्दा मूल्यवान विकल्प बनाएको बताइएको छ ।
सांग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले भने, "सांग्रिला मोटर्समा हामी विश्वव्यापीरूपमा प्रशंसित गाडीहरू हाम्रा ग्राहकहरूलाई सहज रूपमा उपलब्ध गराउन प्रतिबद्ध छौँ । सिट्रोन सी३ को यो नयाँ मूल्यका साथ, हामी सुविधाहरू, आराम र पर्फर्मेन्समा सम्झौता नगरी आकर्षक मूल्य प्रदान गर्ने लक्ष्य राख्छौँ ।"
गोल्छा अर्गनाइजेसनअन्तर्गत रहेको सांग्रिला मोटर्स प्रालि सन् २०१७ देखि प्युजो र २०२१ देखि सिट्रोन र २०२४ देखि लिपमोटर गाडीहरूको नेपालका लागि एकमात्र आधिकारिक आयातकर्ता रहँदै आएको छ । सांग्रिला मोटर्स सिट्रोन गाडीको नेपालका लागि आधिकारिक वितरक हो ।