साहित्य

काठमाडौं । नेपाल स्रष्टा समाजले ‘रमेश–गंगा स्रष्टा सम्मान’को घोषणा गरेको छ । समाजले जानकारी गराएअनुसार ‘रमेश–गंगा स्रष्टा सम्मान–२०८०’ बाट सरस्वती रिजाल तथा ‘रमेश–गंगा स्रष्टा सम्मान–२०८१ ‘बाट साहित्यकार विधान आचार्यलाई सम्मानित गरिने निर्णय गरिएको छ ।
सिर्जनात्मक क्षेत्रमा निरन्तर सक्रिय रही योगदान पुर्याउने ५० वर्षको उमेर पार गरेका स्रष्टालाई यो पुरस्कार प्रदान गरिँदै आइएको छ । सम्मानका साथ नगद राशि २१ हजार १११ रुपैयाँ समेत प्रदान गरिने पनि समाजले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असार १९, २०८२ २२:५५
प्रतिक्रिया दिनुहोस्