site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कर्णाली प्रदेशको भौतिक मन्त्रालयका सवारी चालकको शव फेला
प्रतीकात्मक तस्बिर ।

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेशस्थित भौतिक पूर्वाधार मन्त्रालयका सवारी चालकको शव भेरी नदीमा फेला परेको छ । 

मन्त्रालयस्थित सुर्खेतमा सवारी चालकका रूपमा कार्यरत २९ वर्षीय हिमबहादुर विष्टको शव शुक्रबार भेरी नदी किनारमा फेला परेको हो । उनी यही असार ६ गतेदेखि सम्पर्कविहीन भएका थिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाका अनुसार, दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–२ का विष्ट असार ६ गते बिहान ‘बिरामी छु’ भनेर कार्यालयमा खबर गरेयता सम्पर्कविहीन भएका थिए । 

त्यसअघि विष्टले प्रयोग गर्ने सरकारी मोटरसाइकल असार ९ गते भेरीगंगा नगरपालिकास्थित भेरी पुलनजिक सडक किनारमा बेवारिसे अवस्थामा फेला परेको थियो । खोजतलासका क्रममा शुक्रबार बराहाताल गाउँपालिका–४, साजघाटस्थित भेरी नदी किनारमा निजको शव फेला परेको प्रहरी नायब उपरीक्षक बुढथापाले जानकारी दिए । रासस

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  २२:१४
प्रतिक्रिया दिनुहोस्