site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विधेयकमाथि छलफल गर्न पारिश्रमिक दिएर विज्ञ नियुक्ति गर्दै संसदीय समिति

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले विधेयकमाथिको छलफलका निम्ति आवश्यक सुझाव लिन विज्ञ नियुक्त गर्ने भएको छ । शनिबार (असार २१) सिंहदरबारमा बसेको समितिको बैठकबाट विज्ञ नियुक्त गर्ने निर्णय गरिएको हो ।

समितिमा आउन लागेका मानव बेचबिखन तथा ओसारपसार ऐन, २०६४ र बालबालिकासम्बन्धी ऐन, २०७५ को संशोधन विधेयकमाथि बृहत् छलफल गर्नुपर्ने भएकाले त्यसमा आवश्यक सुझाव लिन विज्ञ नियुक्त गर्न उपयुक्त हुने समितिका सभापति किरणकुमार साहले बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यसनिम्ति समितिमा काशीराज दाहाल र माधव पौडेलको नाम प्रस्ताव समेत गरिएको छ । तर, समितिका सांसदले मानव बेचबिखन नियन्त्रण र रोकथामका बारेमा दुवै विज्ञ ज्ञाता नभएको बताएका छन् । उनीहरूले अरू विज्ञ नियुक्त गर्न उचित हुने धारणा राखे ।

सभापति साहले सांसदलाई विज्ञको नाम भए दिन आग्रह गरेका छन् ।

समितिले पारिश्रमिक दिएर नै समितिका निम्ति विज्ञ नियुक्त गर्दा कानून झनै राम्रो निर्माण गर्न सकिने सांसदको धारणा छ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  १४:२०
प्रतिक्रिया दिनुहोस्