site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
शशांकको प्रस्ताव– धर्म निरपेक्षताको ठाउँमा धार्मिक स्वतन्त्रता राखौँ
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले संविधानमा भएको धर्म निरपेक्षता भन्ने संशोधन गर्नुपर्ने माग राखेका छन् ।

केन्द्रीय समितिको बैठकमा उनले यस्तो धारणा राखेका हुन् । उनले धर्म निरपेक्षताको ठाउँमा धार्मिक स्वतन्त्रता कायम गरेर जानुपर्ने बताएका छन् । कोइरालाले पहिलेदेखि नै आफू धार्मिक स्वतन्त्रताको पक्षमा रहेको बताउँदै आएका छन् ।

उनले संविधान संशोधन गरेर धार्मिक स्वतन्त्रताको व्यवस्था राख्नुपर्ने धारणा जारी केन्द्रीय समितिको बैठकमा पनि राखेका हुन् ।
 

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  १४:३७
प्रतिक्रिया दिनुहोस्