
काठमाडौं । इंग्लिस क्लब आर्सनलले स्पेनिस क्लब रियाल सोसिडाडाका मिडफिल्डर मार्टिन जुबिमेन्डीलाई भित्र्याएको छ ।
आर्सनलले आइतबार मिडफिल्डर जुबिमेन्डीलाई पाँच वर्षको निम्ति ६० मिलियन पाउन्डमा भित्र्याएको जनाएको हो ।
यसअघि गत समरमा जुबिमेन्डीलाई अर्काे इंग्लिस क्लब लिभरपुलले अनुबन्धको प्रस्ताव गरे पनि अस्वीकार गरेका थिए ।
उनी आर्सनलले यस सिजनको समरमा अनुबन्ध गरेको दोस्रो खेलाडी हुन् । क्लबले उनीअघि चेल्सीका गोलकिपर केपा अरिजाबालागालाई पाँच मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो ।
२६ वर्षीय जुबिमेन्डीले रियाल सोसिडाडाबाट २३६ खेल खेल्दा १० गोल गरेका थिए । जुबिमेन्डी स्पेनका राष्ट्रिय खेलाडी समेत हुन् । उनले राष्ट्रिय टोलीमा १९ क्याप जितेका छन् ।