site stats
बाह्रखरी :: Baahrakhari
खेल
एनआरटीको खराब सुरुआत, पुलिसको जितमा समीरको ह्याट्रिक

काठमाडौं । न्युरोड टिम (एनआरटी)ले एन्फा यू–१६ युथ लिगमा लज्जास्पद सुरुआत गरेको छ । एनआरटीले आइतबार लिगको पहिलो खेलमै नेपाल पुलिस क्लबसँग ६–० को लज्जास्पद हार बेहोरेको हो । 

सातदोबाटोस्थित एन्फा मुख्यालयमा विभागीय क्लब पुलिसलाई जिताउन टोलीका समीर कुमारले ह्याट्रिक गरे । त्यसैगरी टोलीका प्रशन राई, मनीष बनराईत र रिजनराज गौतमले समान एक गोल गरे । पुलिसले पहिलो र दोस्रो हाफमा समान तीन गोल गरेको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

खेलको दोस्रो मिनेटमा अश्विन राईले रातो कार्ड दर्शन गरेपछि एनआरटी १० खेलाडीमा सीमित भएको थियो । 

खेलको १३औँ मिनेटमा पुलिसले समीर कुमारको गोलमा अग्रता लियो । ३८औँ मिनेटमा प्रशन राईले अग्रतालाई दोबर बनाए । पहिलो हाफको इन्जुरी समयमा तेस्रो गोल गरे । ६७औँ मिनेटमा समीरले टोलीको निम्ति चौथो गोल गरे । ७८औँ मिनेटमा मनीषले गोल गर्दै अग्रतालाई ५–० को अवस्थामा पुर्‍याए । खेलको इन्जुरी समयमा रिजनले छैटौँ गोल गर्दै टोलीको जित सुनिश्चित गरे । 

यो नतिजासँगै पुलिसले लिगमा तीन अंक जोडेको छ । पुलिसले अब दोस्रो खेलमा फ्रेन्ड्स क्लबको समन गर्नेछ । खेल आगामी असार २५ गते (बुधबार) दिनको १ बजे हुनेछ । 

पराजित एनआरटीले भने दोस्रो खेलमा संकटा क्लबको सामना गर्नेछ । खेल असार २४ गते (मंगलबार) दिनको ४ बजे हुनेछ । 

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  २१:१८
प्रतिक्रिया दिनुहोस्