site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ऊर्जा विकासका लागि समझदारी
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौ । इनर्जी डेभलपमेन्ट काउन्सिल (इडीसी) र हाङजाउँ क्षेत्रीय केन्द्रबीच विकास, विस्तार तथा प्रवद्र्धनका लागि समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ । 
समझदारीपत्रमा इडीसीका अध्यक्ष सुजित आचार्य तथा हाङजाउँ क्षेत्रीय केन्द्रका निर्देशक सु जिनसाँइले हस्ताक्षर गरे । दुवै देशमा जलविद्युत् तथा नवीकरणीय ऊर्जाको विकास, विस्तार तथा प्रवद्र्धनका लागि मैत्रीपूर्ण वातावरण सिर्जना गर्ने, दुवै पक्षबीच उच्चस्तरीय छलफल गर्ने, ऊर्जा तथा नवीकरणीय विषयमा छलफल तथा तालिम कार्यक्रम आयोजना गर्ने, ऊर्जा प्रवद्र्धनका लागि एक अर्का देशको भ्रमणलगायत समझदारीको उद्देश्य रहेको इडीसीले जनाएको छ । 
हाङजाउँ क्षेत्रीय केन्द्र चीन सरकार र संयुक्त राष्ट्रसंघको सहयोगमा स्थापना भएको हो । संस्थाको मुख्य उद्देश्य विकासशील देशमा जलविघुत तथा नविकरणीय उर्जाको विस्तार र विकास गर्नु रहेको छ । 
प्रकाशित मिति: आइतबार, कात्तिक २१, २०७३  १४:४६
प्रतिक्रिया दिनुहोस्