site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सेयर बजार १४ अंक घट्यो
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । गत बिहीबार साढे दुई अंकले सुधार आएको सेयर बजार सोमबार १४ अंक गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृत कम्पनीहरुले धमाधम बोनस सेयर घोषणा गरेपछि सेयर बजार ओरालो लागेको हो । सोमबार बजार १४ अंक घटेर १ हजार ७४९ अंकमा सिमित भएको छ । सोमबार होटल र वित्त समूहको सेयर मूल्य बढेपनि बैंक, विकास बैंक, जलविद्युत्, विमा र उत्पादनमुलक क्षेत्रको मूल्य घटेको छ । सोमबार सबैभन्दा बढी बिमाका लगानीकर्ताले गुमाएका छन् । 
सोमबार ६८ करोड ७४ लाख ८ हजार रुपैयाँको सेयर किनबेच भएको छ । सबैभन्दा बढी सेयर कारोबार सिभिल बैंकको भएको छ । सभिलको सेयर मूल्य १२ रुपैयाँ घटेको छ । सिभिलको प्रतिकित्ता ३४२ रुपैयाँका दरले ५ करोड २५ लाख ६५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै यस्तै बजार पुँजीकरण पनि घटेर १९ खर्ब ४३ अर्ब ८२ करोड रुपैयाँमा सिमित भएको छ । 
 
प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७३  १६:३१
प्रतिक्रिया दिनुहोस्