site stats
बाह्रखरी :: Baahrakhari
देश
१० वर्षपछि  लेखा परीक्षण गर्दै साझा प्रकाशन

काठमाडौं । साझा प्रकाशनले एक दशकपछि लेखापरीक्षण सम्पन्न गरी आगामी तीन महिनाभित्र सार्वजनिक गर्ने भएको छ । प्रकाशनले आव २०६२/६३ देखि २०७२/७३ सम्मको लेखापरीक्षण पूरा गरी तीन महिनाभित्र सार्वजनिक गर्ने तयारी गरेको हो ।

हाल विभिन्न १५ शाखा कार्यालय र बिक्री केन्द्रको आन्तरिक लेखा परीक्षण गर्न कर्मचारी खटाइएको छ । हालसम्म तीनवटा कार्यालयको लेखा परीक्षण सम्पन्न भएको प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले जानकारी दिए । लेखा परीक्षण गर्दा कतिपय कर्मचारीबाट अनियमितता गरेको रकम संस्थाले लिनुपर्ने समेत देखिएको छ । एकातिर संस्था ऋणमा डुबेका कारण छ महिनादेखि तलब खान नपाएको भनिनु र कतिपय कार्यालयमा तलब खाएर पनि उल्टै संस्थाले रकम लिनुपर्ने हुनाले थप छानबिन गर्नुपर्ने अवस्था आएको उनले बताए।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“विगतका अनियमितताको छानबिनका लागि समिति गठन गरी काम भइरहेको छ,” शर्माले भने । गत साधारणसभामा छ महिनाभित्र लेखापरीक्षण सार्वजनिक गर्ने प्रतिबद्धता व्यवस्थापनले गरेको थियो । साझा प्रकाशन बचाउन सरकारले ऋण र अनुदान गरी रु ४० करोड दिने प्रतिबद्धता जनाएसँगै सञ्चालक समिति र कर्मचारीमा उत्साह थपिएको छ ।

रासस

प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७३  १४:१०
प्रतिक्रिया दिनुहोस्