site stats
बाह्रखरी :: Baahrakhari
विशेष
JuCvbyEimVg
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । एएफसी सोलिडारिटी कप फुटबलअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अहिले  ब्रुनाइको सामना गरिरहेको छ । 
समूह चरणको पहिलो खेलमा टिमोर लिस्टेविरुद्ध बराबरी खेलेको नेपाल सेमिफाइनलमा पुग्ने लक्ष्यका साथ मैदान ओर्लिदैछ । नेपाल र ब्रुनाईबीचको खेल मलेसियाको कुचिङस्थित सारावाक रंगशालामा सुरु भएको हो । 
सोलिडारिटी कपको उपाधि जित्ने लक्ष्यका साथ मलेसिया पुगेको नेपाललाई ब्रुनाईसँगको समूहको दोस्रो खेलमा त्यति धेरै दबाब भने छैन । नेपाल ब्रुनाईसँग बराबरी वा तीन गोलको अन्तरमा पराजित भए पनि सेमिफाइनलमा पुग्नेछ । किनकि पहिलो खेलमा ब्रुनाइले टिमोर लिस्टेलाई ४–० ले पराजित गरेको फाइदा नेपाललाई हुनेछ । 
तर, नेपाल ब्रुनाईमाथी जित निकाल्दै समूह बिजेताको रुपमा सेमिफाइनलमा पुग्न चाहन्छ । यदि ब्रुनाईसँग कम गोल अन्तरमा पराजित भए नेपाल उपविजेता बन्नेछ । नेपालले पहिलो खेलमा टिमोर लिस्टेसँग गोलरहित बराबरी खेलेको थियो । 
आजको खेलमा नेपाल ब्रुनाईसँग २००६ मा बेहोरेको हारको बदला लिने तयारीमा हुनेछ । नेपाल र ब्रुनाई यसअघि एएफसी च्यालेन्ज कप २००६ अन्तर्गत समूह चरणमा एक खेल खेलेका थिए । उक्त खेलमा ब्रुनाइले नेपाललाई २–१ ले पराजित गरेको थियो ।
 
प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७३  १७:१७
प्रतिक्रिया दिनुहोस्