site stats
बाह्रखरी :: Baahrakhari
देश
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । प्रेमिकालाई हत्या गरी बोरामा हालेर फालेपछि मृतकका बाबुसँग डेढ करोड रुपैयाँ फिरौती माग गर्ने रामेछाप ओख्रेनीका १९ वर्षीय मुक्तिनाथ लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले लामिछानेलाई मंगलबार भक्तपुरबाट पक्राउ गरेको हो ।  
महाशाखाकाअनुसार लामिछानेले सिन्धुपाल्चोक महांकालकी २३ वर्षीय एलिसा नेपालीलाई आफ्नै घरमा बोलाएर हत्या गरेका थिए । महाशाखाको टोलीले नेपालीको शव ठिमीबाट मनोहरा जाने कच्चि बाटोमा बोराभित्र हालेर फालेको अवस्थामा फेला पारेको थियो ।  
प्रहरीकाअनुसार नेपाली र लामिछाने दुवै काठमाडौंको बुढानिलकण्ठमा रहेको रिफ वाटर नामक खाने पानी कम्पनीमा काम गर्दै आएका थिए । त्यहीँ काम गर्दागर्दै उनीहरुबीच प्रेम बस्यो । उनीहरुको सम्वन्धका बारेमा कम्पनी सञ्चालकले थाहा पाएपछि लामिछानेलाई त्यहाँबाट निकालिएको थियो । उक्त घटनाका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक होम थापाकाअनुसार ६ महिनादेखि उनीहरु प्रेम सम्वन्धमा रहेकाले कामबाट निकालिए पनि नेपाली भने त्यही काम गर्दै आएकी थिइन् । 
लामिछाने त्यहाँबाट निस्केपछि नेपालीले श्याम श्रेष्ठ नामक ब्याक्तिसँग प्रेम सम्वन्ध सुरु गरिन्, त्यो कुरा लामिछानेले थाहा पाए । पछि उनले बोडेस्थित आफ्नै घरमा नेपालीलाई बोलाएर सोधपुछ गरेका थिए । 
प्रहरी निरीक्षक थापाले बाहखरीसँग भने, “एक कामबाट निकालिएको रिस र अर्को प्रेमीका अर्को केटासँग लागेको रिसले लामिछानेले सोधपुछ गर्न घरमा बोलाए, कुरा मिलेन ।  रिसको आवेगमा आएका लामिछानेले नेपालीको ठाउकोमा गुन्द्री बुन्ने हतासोले प्रहार गरी हत्या गरे । हत्या गरेपछि लामिछानेले बोरामा हालेर नेपालीलाई बाटो छेउमा फाले । मृतककै मोवाइलबाट मृतकका बाबुलाई फोन गरी आफू भारतीय मुलको ब्यक्ति भएको र छोरी चाहिने भए डेढ करोड रुपैयाँ जम्मा पार भन्दै फोन गरे ।”
उनका अनुसार लामिछानेले पहिला हत्या गरे, त्यसपछि मृतकका बाबुसँग डेढ करोड रुपैयाँ फिरौती मागे अनि प्रेमिका हराएको भन्दै प्रहरीमा खबर गर्न पनि आफै पुगे । 
प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७३  १८:२७
प्रतिक्रिया दिनुहोस्