site stats
बाह्रखरी :: Baahrakhari
देश
अमेरिकी राष्ट्रपति निर्वाचन सन्दर्भमा समारोह
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौँ । अमेरिकामा जारी राष्ट्रपतीय निर्वाचनको सन्दर्भ पारेर नेपालका लागि अमेरिकी राजदूत अलाइना बि टेप्लिज्ले आज उहाँकै निवासमा एक समारोहको आयोजना गरिन् । 
त्यस अवसरमा उनले प्रजातन्त्रको सर्वाधिक सुन्दर पक्ष नै निर्वाचन भएकाले बितेका २०० वर्षदेखि अमेरिकामा प्रजातान्त्रिक ढङ्गले शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण भइरहेको बताए । 
समारोहमा सभामुख ओनसरी घर्तीमगर, मन्त्रिपरिषद्का सदस्यहरु, सांसदहरु, विभिन्न राजनीतिक दलका नेता, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, संवैधानिक अङ्गका प्रमुख, यहाँस्थित संयुक्त राष्ट्रसङ्घीय निकायका प्रतिनिधि, उद्योगपति, व्यापारी, वरिष्ठ सञ्चारकर्मीलगायत उपस्थित थिए । 
त्यसअघि समारोहमा उपस्थित सबैले अमेरिकी निर्वाचनकै शैलीमा नमूना मतदान गरेका थिए । 
अमेरिकामा पछिल्लो मतपरिणामअनुसार रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले पाँच करोड ३८ लाख ९३ हजार ८९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी डेमोक्रेटिक पार्टीकी हिलारी रोधम क्लिन्टनले पाँच करोड २५ लाख ९९ हजार ९८२ मत प्राप्त गरेकी छन् । 
प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७३  १२:४२
प्रतिक्रिया दिनुहोस्