site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संविधान संशोधनबारे भारतलाई अवगत गराएँः देउवा
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । भारतले सबै पक्षलाई समेटेरमात्र अघि बढ्न नेपाली कांग्रेसका सभपाति शेरबहादुर देउवालाई सुझाव दिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले असन्तुष्ट पक्षलाई समेटेर मात्र संविधान कार्यान्वयन गर्न देउवालाई सुझाव दिएका हुन् । 
आफ्नो ६ दिने भारत भ्रमण पूरा गरी स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा बुधबार पत्रकारहरुसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री देउवाले संविधानप्रति असन्तुष्ट दलहरुलाई साथमा लिएर मात्र अघि बढ्न मोदीले सुझाव दिएको बताएका हुन् । जवाफमा देउवाले चाँडै नै संविधान संशोधन गरी असन्तुष्ट दलहरुलाई साथमा लिएर अघि बढ्ने बताएको जानकारी  गराए । 
देउवाले भने, “उहाँले सबै पक्ष मिलेर संविधान कार्यान्यन गर्न अघि बढ्नु भन्ने सुझाव दिनुभयो । मैले संविधान संशोधनको बारेमा भइरहेको विकास बारे अवगत गराएँ ।”
मोदीले सबै पक्षलाई साथमा लिएर अघि बढ्नु भन्ने सुझाव सकारात्मक रहेको देउवाको भनाइ छ । उनले प्रतिप्रश्न गर्दै भने, “सबैलाई सकारात्मक रुपमा लिएर जाऊ भनेर भन्नु नराम्रो हो र ?”
कांग्रेस सभापति देउवाले संविधान संशोधन सम्बन्धि सञ्चारमाध्यममा सार्वजनिक भएको मस्यौदा आफूहरुले नबनाएको दाबी गरे । उनले एमालेसँग छलफल गरेर कात्तिकभित्र संविधान संशोधन सम्बन्धि प्रस्ताव दर्ता गर्ने बताए । 
यस्तै देउवाले भारतमा शरण लिएर बसेका तिब्बती धर्म गुरु दलाई लामालाई भेटेको समाचारमा कुनै सत्यता नभएको दाबी गरे । उनले आफू भारतमा रहँदा लामा वा उनका कुनै पनि प्रतिनिधिलाई नभेटेको स्पष्ट पारे ।  
 
प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७३  १५:२०
प्रतिक्रिया दिनुहोस्