site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘प्रभावकारी यातायात सेवाका लागि निजी क्षेत्र’
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौँ । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले यातायात सेवाको प्रभावकारिताका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने सरकारी नीति रहेको बताएका छन् । 
सामाखुसी यातायात व्यवसायी सङ्घले सञ्चालन गर्न लागेको बस सेवाको आज आरम्भ गर्दै मन्त्री केसीले यातायात प्रणालीमा सुधार गरी सेवाग्राहीलाई भरपर्दो यातायात सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए । 
यातायातसम्बन्धी ऐन, कानुनको पालना गरी यातायात सेवा प्रभावकारी बनाउने काममा सहयोगी बन्न व्यवसायीलाई आग्रह गर्दै उनले भने, “मुनाफा र सेवाका बीच सन्तुलन कायम राख्दै व्यवसायीले सेवाग्राहीको हितलाई प्राथमिकतामा राख्नुपर्छ ।” 
कार्यक्रममा सांसद जगदीश्वरनरसिंह केसी, नेपाली कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँ लगायतले सार्वजनिक यातायातमा जनताको विश्वास बढाउन प्रभावकारी यातायात सेवाको सन्देश प्रवाह गर्न सक्नुपर्ने धारणा व्यक्त गरेका छन्। 
सामाखुसी यातायात व्यवसायी सङ्घले आजदेखि काठमाडौँ उपत्यकामा सञ्चालन हुने गरी १० बस सञ्चालनमा ल्याएको छ । रासस 
 
प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७३  १७:४७
प्रतिक्रिया दिनुहोस्