site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘विनियोजन विधेयक, २०८२’ राष्ट्रियसभामा प्रस्तुत हुँदै
फाइल तस्बिर ।

काठमाडौं । संघीय संसद् राष्ट्रयसभाको बैठक आज बस्दै छ । 

सवा १ बजे बस्ने बैठकमा राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले ‘खानेपानीमा नागरिकको सहज पहुँच पुर्‍याउने र नेपालमै ब्लिचिङ पाउडर उद्योग खोल्ने सम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘विनियोजन विधेयक, २०८२’का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्ने सम्भावित कार्यसूची छ । 

उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १३३क को उपनियम (२) बमोजिम ‘विनियोजन विधेयक, २०८२’ सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालय जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, असार १२, २०८२  ०६:०४
प्रतिक्रिया दिनुहोस्