site stats
बाह्रखरी :: Baahrakhari
विशेष
प्रहरी सुरक्षामा साझा बस सञ्चालन
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । नेपाल प्रहरीले सुरक्षा दिएपछि साझा यातायातले आफ्नो नियमित सेवा सञ्चालनमा ल्याएको छ । साझाले आफ्नो सबै रुटमा विहानैबाट सेवा सञ्चालना ल्याएको हो । 
विप्लव नेतृत्वको नेकपा (माओवादी) ले बन्दको आह्वान गरेपछि कुनै पनि यातायात समितिले सेवा सुचारु नगरे पनि साझाले भने यात्रुको समस्यालाई मध्येनजर गर्दै सेवा सुरुचारु गर्दा सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने यात्रुलाई केही राहत मिलेको छ । 
बन्दमा बस सञ्चालन गरेको भन्दै बन्द आयोजकले तोडफोड गर्न सक्ने भन्दै सुरक्षा दिइएको काठमाडौं जिल्लाका नेपाल प्रहरी प्रमुख एसएसपी विक्रमसिंह थापाले जानकारी दिए ।  
बन्द गराउँदै हिड्ने नेकपा (माओवादी) का ८० जना कार्यकर्ता राजधानीका विभिन्न ठाउँबाट पक्राउ परेका छन् । खाध्य सुरक्षाको माग गर्दै नेकपा (माओवादी)ले आइतबार बन्दको आह्वान गरेको हो । 
 
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७३  ०८:५१
प्रतिक्रिया दिनुहोस्