site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । प्रहरीले आफ्ना ५ सयभन्दा बढी नेता तथा कार्यक्रर्तालाई नियन्त्रणमा लिएको विप्लव माओवादीले दाबी गरेको छ । विप्लव माओवादीको उपत्यका ब्यूरो इन्चार्ज सन्तोष बूढाले देशभरबाट ५ सयभन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाए । 

उनका अनुसार प्रहरीले काठमाडौंको बालाजुबाट ५४ जना, कलंकीबाट २५ जना, ललितपुरको लगनखेलबाट २१ जना, दरबारमार्गबाट ७ जना, कोटेश्वरबाट ३ जना र चाबहिलबाट २५ लाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
त्यसैगरी सुर्खेतबाट ६ जना, कैलालीबाट १३ जना, कास्कीबाट ११ र मोरङबाट १३  जनालाई प्रहरीले नियन्त्रणमा लिएको उपत्यका इन्चार्ज बूढाले बताए । 
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७३  १४:४७
प्रतिक्रिया दिनुहोस्